images
images
images

ललितपुर धापाखेलको नागदहले नयाँ रुप पाउने, टेन्डर प्रक्रिया अन्तिम चरणमा

images

पूर्वाधार वाच, ललितपुर ।

ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित धामखेलको पहिचानको रुपमा रहेको नागदहले अब नयाँ रुप पाउने भएको छ । संरचना निर्माणका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष दिनेशजंग पाण्डेले लामो प्रयासपछि काठमाडौं उपत्यका नगर विकास समितिमार्फत नागदहको विकास परियोजना यूएनडीपीको सहयोगमा टे«न्डर प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।
बिहीबार ललितपुरमा आयोजित कार्यक्रमको क्रममा उनले परियोजना प्रक्रिया अन्तिम चरणमा पुगिसकेको हुनाले वैदेशिक दातृ राष्ट्रका प्रतिनिधि र उपत्यका नगर विकास समितिका प्रतिनिधि र प्राविधिक टोलीसहितको अन्तिम साइट भिजिट गरिएको बताए । उनले केही दिनभित्रमा यसले अन्तिम रुप पाउने बताए ।

यस्तै, उनले परियोजनाबाट नागदहमा रहेको फोहोरहरु सबै हटाउने, फुटपातलाई व्यवस्थित गर्ने, भत्केका पर्खालहरु पुनःनिर्माण गर्ने र दहमा नुहाउन वा लुगा धुन प्रतिबन्ध लगाउने बताए ।
यो परियोजनाको अवधि दुई वर्ष रहेको र यसमा बजेट भनेर निर्धारित नहुने पनि उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्