पूर्वाधार वाच, काठमाडौं ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहोराले खरिद ऐनको स्पष्ट व्यवस्था अनुसार नै ठेक्काहरु तोडिएको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजद्वारा मंगलबार काठमाडौंमा आयोजित संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले सार्वजनिक खरिदमा देखिएका समस्या सुधार गर्नुपर्नेमा भने दिए । ठेक्कालाई सही रूपमा व्यवस्थापन गर्न अबको बाटो नै कानुनी सुधार भएको महानिर्देशक बोहराको भनाई छ ।
अब खरिद सम्बन्धी कानुन लचिलो बनाउनुपर्ने उनले उल्लेख गरे । यस्तै ठेक्का रुग्ण हुँदा स्थानीयलाई पर्ने असरबारे पनि छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ ।
‘कमला नदीमा १५ वर्षसम्म पुल नबन्दा स्थानीयले दुस्ख पाए, ठेक्का तोड्दा निर्माण व्यवसायी मर्कामा त परेका छन्,’ उनले भने, ‘त्यससँगै परियोजना नबन्दा जनता पनि मर्कामा परेका छन्, यसमा पनि ध्यान दिनुपर्छ, समग्रमा हामी काम सक्काउने गरी अघि बढ्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्