images
images
images

अझै मजबुत हुँदै चीनको आर्थिक वृद्धिको आधार

images

पूर्वाधार वाच, काठमाडौं ।

विश्व बैङ्कले बेइजिङमा बिहीबार सार्वजनिक गरेको नयाँ प्रतिवेदनले चीनको सन् २०२५ को आर्थिक वृद्धि दरलाई ०।४ प्रतिशत अङ्कले बढाएको छ।

प्रतिवेदनका अनुसार सरकारी खर्च सहज हुनु, मौद्रिक नीतिहरू लचिलो रहनु र घरेलु उपभोग तथा लगानी बढ्नु चीनको अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य कारण बनेका छन्।

विकासोन्मुख मुलुकहरूबाट निर्यातको माग बढ्दै जानु पनि चीनको आर्थिक गतिविधि बलियो हुन मद्दत पुगेको छ।

विश्व बैङ्कका चीन, मङ्गोलिया र कोरियाका विभागीय निर्देशक मारा वारविकले भने, ‘आउँदा वर्षहरूमा चीनको आर्थिक वृद्धि मुख्यतः भित्री मागबाटै चल्नेछ। छोटो अवधिमा सरकारी प्रोत्साहन, सामाजिक सुरक्षा प्रणालीको सुधार र व्यवसायका लागि भरपर्दो वातावरण निर्माण गर्नाले समग्र अर्थतन्त्रमा विश्वास बढ्नेछ, जसले दीर्घकालीन रूपमा दिगो र स्थिर वृद्धिको आधार तयार पार्नेछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्