images
images
images

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

images

पूर्वाधार वाच, काठमाडौं ।

उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को यही मङ्सिर २२ गतेको निर्णयअनुसार नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा विशेष बढुवा हुनुभएका क्षेत्रीलाई प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

नेपाली सेनाको जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक–एक जना महासेनानी तथा प्रमुख सेनानीलाई दर्ज्यानी चिह्न प्रदान गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृतलगायत पदोन्नति भएका रथीवृन्त तथा अधिकृतहरूका परिवारजनको पनि उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्