images
images
images

एसएसपी गिरीले नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै मुद्दा दायर

images

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर सरकारी सेवामा प्रवेश गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत गिरीले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको जिकिरसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गिरीले सुरक्षा निकायमा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर विभिन्न ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरी अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्