images
images
images

उमेर हद नाघेकी शिक्षिकालाई नियुक्ति दिएको आरोपमा प्रधानाध्यापक र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

images

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उमेर हद नाघेकी शिक्षिकालाई गैरकानुनी रूपमा नियुक्ति दिएको आरोपमा काठमाडौंको टोखास्थित श्री मनोहर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र एक शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले विद्यालयका तत्कालीन प्रधानाध्यापक वासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

माध्यमिक तहको शिक्षक पदमा नियुक्तिका लागि ४० वर्ष उमेर हद नाघ्न नहुने कानुनी व्यवस्था छ। तर, शिक्षिका कल्पना पनेरुको उमेर ४० वर्ष कटिसकेको अवस्थामा पनि प्रधानाध्यापक अधिकारीसँगको मिलेमतोमा किर्ते कागजात तयार पारी नियुक्ति लिएरदिएको पाइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तिकामा टिपेक्स लगाई सच्याएर, केरमेट गरी र थपघट गरेर पुरानो मिति राखी नक्कली निर्णय तयार पारेको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ। उनीहरूले ‘बहालवाला शिक्षिकाको हकमा उमेर हद नलाग्ने’ प्रावधानको दुरुपयोग गर्नका लागि गलत लिखत तयार पारेको आयोगले जनाएको छ।

आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुरमा कैद र जरिवानाको मागदाबी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्