images
images
images

स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट

images

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरि बासले शिष्टाचार भेट गरेका छन् ।

आज मन्त्रालयमा आयोजित भेटमा उनीहरुबीच नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहयोगको आदानप्रदानका विषयमा विस्तृत छलफल भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

भेटमा स्वास्थ्यमन्त्री गौतमले इजरायलले आपतकालीन सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा हासिल गरेको प्रगति उल्लेख गर्दै यस किसिमको सहयोगले नेपालको स्वास्थ्य प्रणाली सुदृढ गर्न सहयोग पुग्ने बताए।

राजदूतले बासले नेपालको विपद् व्यवस्थापनको प्रणालीगत विकास गर्न इजरायल सरकारले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्