काठमाडौं । सरकार महत्वपूर्ण विकासे मन्त्रालय ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मा मन्त्रीको जिम्मेवारीमा रहेका कुलमान घिसिङले पदबाट राजीनामा दिएका बुधबार राजीनामा दिए ।
गैरदलीय चुनावी सरकारमा रहेर राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै चर्को आलोचना भएपछि उनले बाध्य भएर मन्त्री पदबाट राजीनामा दिनु परेको थियो ।
घिसिङको राजीनामा लगत्तै रिक्त भएका मन्त्रालयमा प्रधानमन्त्री सुशीला कार्कीले अन्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्रीलाई थप जिम्मेवारी दिएकी छन् ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार कानुन तथा उद्योग एवं पर्यटमन्त्री अनिलकुमार सिन्हालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै वनमन्त्री माधव चौलागाईंलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिममेवारी दिइएको छ । भने, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्