images
images
images

अठार फर्ममा विभागको अनुमगन निरीक्षण

images

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतको गतिविधि गरेको आरोपमा न्यू आर ए इन्टरप्राइजेजलाई रु २० हजार जरिवाना गरेको छ ।

विभागले विभिन्न पेन्टस कम्पनी, हार्डवेयर पसल तथा निर्माण सामग्री बिक्री गर्ने स्थानमा अनुगमन तथा निरीक्षण गरेको थियो ।

त्यसमध्ये एकलाई नगद जरिवाना गरेको विभागले अन्य १७ वटालाई भने सुधारात्मक निर्देशन दिएको थियो ।

विभागले नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै सुधारको अभियान अगाडि बढाएको छ । कालाबजारी नियन्त्रण, वातावरण संरक्षण एवं अन्य सुधारात्मक कारबाही गर्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्