images
images
images

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

images

फाइल तस्बिर

गाईघाट । भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ ।

तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले जानकारी दिए ।

नवनिर्मित भवनमा कम्प्युटर र विज्ञान प्रयोगशालाका साथै कार्यशाला आयोजना गर्ने प्रेक्षालय पनि निर्माण गरिएको छ । भवनको हालै आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले उद्घाटन गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्