images
images
images

नेपालमा रेडमी नोट १५ सिरिज सार्वजनिक, चार नयाँ मोडल बजारमा

images

पूर्वाधार वाच, काठमाडौं।

विश्वव्यापी प्रविधि ब्रान्ड साओमी (Xiaomi) ले नेपालमा बहुप्रतिक्षित रेडमी नोट १५ सिरिज आज काठमाडौंमा सार्वजनिक गरेको छ।

यस सिरिजअन्तर्गत रेडमी नोट १५ प्रो+ ५जी, रेडमी नोट १५ प्रो ५जी, रेडमी नोट १५ ५जी र रेडमी नोट १५ ४जी गरी चार मोडल नेपाली बजारमा उपलब्ध भएका छन्।

फ्ल्यागसिप मोडल: रेडमी नोट १५ प्रो+ ५जी

रेडमी नोट १५ प्रो+ ५जी मा ६,५०० mAh सिलिकन–कार्बन ब्याट्री, १००W हाइपरचार्ज, स्न्यापड्रागन ७एस जेन ४ प्रोसेसर र २०० मेगापिक्सेल क्यामेरा रहेको छ।

उच्च ब्राइटनेस एमोलेड डिस्प्ले, आइसलुप कुलिङ सिस्टम र उन्नत सुरक्षा रेटिङले यसलाई सिरिजको प्रमुख मोडल बनाएको छ।

रेडमी नोट १५ प्रो ५जी र नोट १५ ५जी

रेडमी नोट १५ प्रो ५जी मा मिडियाटेक डाइमेन्सिटी ७४००–अल्ट्रा प्रोसेसर, २०० मेगापिक्सेल क्यामेरा र एआई फिचरहरू समावेश छन्।

नोट १५ ५जी भने सिरिजकै सबैभन्दा पातलो फोन हो, जसमा १०८ मेगापिक्सेल क्यामेरा, ४५W चार्जिङ र उज्यालो एमोलेड डिस्प्ले दिइएको छ।

रेडमी नोट १५ ४जी

नोट १५ ४जी मोडलमा ६,००० mAh ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, १२० हर्ट्ज रिफ्रेस रेट र मिडियाटेक हेलियो जी१०० अल्ट्रा प्रोसेसर रहेको छ।

मूल्य र उपलब्धता

रेडमी नोट १५ सिरिज नेपालभर टेलि डाइरेक्ट प्रा.लि. र वत्स इम्पैक्स प्रा.लि. मार्फत बिक्रीमा ल्याइएको छ। यसको मूल्य २९,९९९ रुपैयाँदेखि ६६,९९९ रुपैयाँसम्म निर्धारण गरिएको छ।

लन्च अफर

लन्चको अवसरमा सबै मोडलमा ९ महिनाको ०% ईएमआई सुविधा र साओमी बड्स खरिदमा विशेष छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्