काठमाडौं। शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)को कार्यकारी निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले गत माघ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएकी थिइन् ।
तर निर्णय माघ ४ गते नै भए पनि नियुक्ति पत्र भने केही ढिला गरी हिजो मात्र दिइएको मन्त्रालयले जनानएको छ । यसअघि टेकु अस्पतालको निर्देशकको भूमिकामा डा। युवानिधि बसौला कार्यरत थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले डा. बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा गर्ने निर्णय गरेसँगै टेकुमा निर्देशक पद रिक्त भएको थियो ।
संक्रामक रोग विशेषज्ञका रूपमा चिनिने डा. बास्तोलाको पुनरागमनसँगै टेकु अस्पतालको सेवा प्रवाह र आगामी दिनमा आउन सक्ने सरुवा रोगको चुनौती सामना गर्न थप सहज हुने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्