काठमाडौं । पूर्वी चीनको हाङ्झाउ शहरमा एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित रोबोट प्रयोग गरिएको रेस्टुरेन्टले परीक्षण सञ्चालन सुरु गरेको छ । उक्त रेस्टुरेन्टमा एआई–सञ्चालित रोबोटिक आर्मले खाना पकाउनेदेखि पस्किएर ग्राहकलाई दिने सम्मको काम गरिरहेको छ ।
रेस्टुरेन्टका कर्मचारीका अनुसार यहाँ १०० जना भन्दा बढी परिकार उपलब्ध छन् । रोबोटले कराइमा सामग्री खन्याउने, चलाउने र चलाएर भुट्ने काम गर्दै केही मिनेटमै खाना तयार गर्छ । तयार भएको परिकार सिधै प्लेटमा राखेर ग्राहकसम्म पु¥याउने काम गर्दछ ।

रेस्टुरेन्टमा खाना चाखेका एक ग्राहकले स्वाद सन्तोषजनक भएको प्रतिक्रिया दिएका छन् । ‘खाना स्वादिलो छ र मेरो रुचिअनुसारकै छ । अलि नरम भएको भए अझ राम्रो हुन्थ्यो,’ उनले भने ।
अन्य केही ग्राहकका लागि भने यो अनुभव बाल्यकालको विज्ञान–कथा (साइ–फाइ) सपना जस्तै लागेको छ । एक ग्राहकले भने, ‘सानो हुँदा कार्टुनमा रोबोटले खाना पकाएको देख्थेँ । अहिले त्यो बाल्यकालको सपना पूरा भएको जस्तो लाग्यो।’

हाल उक्त रेस्टुरेन्टमा १० भन्दा बढी रोबोट सञ्चालनमा छन् । तीमध्ये केहीले खाना पकाउने, नुडल्स र कफी बनाउने काम गर्छन् भने केही रोबोटले भुइँ सफा गर्ने काम गरिरहेका छन् । एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्