काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता औंल्याएका छन् । शुक्रबार साँझ उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै यस्तो औंल्याएका हुन् ।
सभापति थापाले सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अपरिहार्य रहेका समेत उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘घण्टौंको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा यही हाम्रो सार्वजनिक यातायातको समस्या हो। साना र अव्यवस्थित सवारीमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट र भाडा व्यवस्था, र राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था ! यसको अर्थ हो हाम्रो सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता छ।’
सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अपरिहार्य छ। त्यसका लागि हामीले ठोस तयारी गरेका छौँ, र आज त्यसबारे केही कुराहरू राखेको छु।
सभापति थापालाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको रुपमा समेत अघि सार्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्