काठमाडौं । निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाश गरेको भन्दै ‘सेतोपाटी अनलाइन’ लाई कारवाहीको माग गरिएको छ । निर्वाचन आयोगले सेतोपाटीलाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको हो ।
‘सेतोपाटी’ ले प्रकाशन गरेको चितवन ३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन रु रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ ’ शीर्षकको समाचारप्रति आयोगले आपत्ति जनाएको छ ।
आयोगले गरेको पत्राचारमा भनिएको छ,‘सेतोपाटी अनलाइनले मिति २०८२/११/०३ मा चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो र मिति २०८२/११/०४ मा भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ शिर्षकमा समाचार प्रकाशन गरेको सम्बन्धमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । उल्लिखित सन्दर्भमा ऐ। अनलाईनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त)मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ. आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख)मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिँदा सोउपर आवश्यक कारवाही हुन निर्णयानुसार अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्