images
images
images

आर्थिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको छ : नेता आचार्य

images

काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले आर्थिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको बताएका छन् ।

बुधबार बौद्धिक पेशाकर्मी अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देश संकटको भुमरीमा फस्दै गइरहेको र सरकारसँग पैसा हुदाँ पनि खर्च गर्न सकिने सामथ्र्य नहुदाँ सरकार झन–झन कमजोर हुँदै गइरहेको धारणा राखे ।

उनले भने, ‘आथिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको छ । सरकार सँग पैसा छ । तर त्यसलाई खर्च गर्न सकिने सामथ्र्य नहँुदा सरकार झन –झन कमजोर हुँदै गइरहेको छ ।’

उनले कांग्रेस सत्तामा गएर परिर्वतनको धारालाई प्रतिनिधित्व गर्न चाहेको बताए । ‘कांग्रेस सत्तामा जान चाहान्छ । सत्तामा गएर परिर्वतनको धारालाई प्रतिनिधित्व गर्न चाहान्छै,’ उनले भने, ‘सत्तामा मात्र नभई देशको मुलभुत मुद्दामा केन्द्रीत गर्न चाहन्छौ। कांग्रेस सधै सत्तामा छैन ।’

सुशासनको माग र भ्रष्टचारको दलदलमा देश फसेको चिन्ता र बहस आमजनता माझ भएको उल्लेख गर्दै उनले दलदलबाट कसरी निकाल्ने भन्ने बहस अगाडी बढाउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्