धनगढी । कैलालीको टीकापुर नगरपालिकाले एक महिना पछि कार्यवाहक नगरप्रमुख पाएको छ । टीकापुर नगरपालिकाका निर्वाचित नगरप्रमुख रामलाल डगौंरा थारु नेपाली कम्यूनिष्ट पार्टीबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए । प्रतिनिधि सभाको टिकट पाएपछि डगौंराले पदबाट राजीनामा दिएका थिए ।
टीकापुरको उप प्रमुख खडक बहादुर शाही त्यस अघिनै भ्रष्ट्राचार मुद्धामा मुछिएर निलम्बन भएका थिए । शनिबार बसेको कार्यपालिका बैठकबाट नगार्जी कार्यवाहक प्रमुखमा चयन भएका हुन् ।
बैठकका बहुमत सदस्यले नगार्जीलाई कार्यवाहक प्रमुखका रुपमा चयन गरेका थिए । नगरप्रमुख र उपप्रमुख दुवै पद रिक्त भएपछि कार्यपालिका सदस्यहरुको निवेदनका आधारमा कार्यपालिका बैठक बोलाइएको र बैठकले कार्यवाहक नगरप्रमुख चयन गरेको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए ।
नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य निर्वाचित भएका नगार्जीलाई कार्यपालिकाको ज्येष्ठ सदस्यका आधारमा कार्यवाहक प्रमुख चयन गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११७ अनुसार नगार्जीलाई कार्यवाहक प्रमुखमा चयन गरिएको नगरपालिका सूचना अधिकारी देवीप्रसाद आचार्यले जानकारी दिए ।
टीकापुर नगर कार्यपालिकामा रहेका १७ सदस्य मध्ये नौ जना सदस्यले नगार्जीलाई साथ दिएका छन् । यसमा पाँचजना नेपाली कांग्रेस दुई जना नागरिक उन्मुक्ति पार्टी एकजना तत्कालीन नेकपा माओवादी केन्द्र र एकजना एमालेका सदस्यले साथ दिएका छन् ।
सदस्य निर्वाचित हुँदा दुईजना नागरिक उन्मुक्ति पार्टी र एकजना माओवादी केन्द्रका सदस्य भएपनि कार्यवाहक नगर प्रमुख चयन गर्दा उनीहरूले नेपाली कांग्रेसलाई साथ दिएका छन् ।
तत्कालीन नागरिक उन्मुक्ति पार्टी र केन्द्र अहिले नेपाली कम्युनिष्ट पार्टी भएको छ । नेपाली कम्युनिस्ट पार्टीका कार्यपालिका सदस्यहरु भने बैठकमा उपस्थित भएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्