images
images
images

सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका सिडिओ ढुङ्गाना निलम्बित

images

काठमाडौं । सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना निलम्बित भएका छन् ।

विशेष अदालत काठमाडौंमा ढुङ्गानासहित ३२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङमा सिडिओका रूपमा ढुङ्गाना गत पुस १७ गतेदेखि कार्यरत छन् ।

उनी लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तत्कालीन सचिव हुँदा भएको सवारी दर्ता अनियमिततामा मुछिएको आयोगले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा भारतीय चोरीका तीन सवारीसाधन आर्थिक लेनदेनमार्फत दर्ता गरिएको उजुरीपछि अनुसन्धानका क्रममा राष्ट्रसेवक र गैर–राष्ट्रसेवक प्रतिवादीहरूको मिलेमतोमा भन्सार छली गरी गैरकानुनी रूपमा नेपाल ल्याइएका ‘ब्रेजा’ सवारीलाई सरकारी अभिलेखमा प्रविष्ट गरी वैध बनाइएको पुष्टि भएको आयोगको दाबी छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिम ढुंगानामाथि कैद र जरिवानाको मागदाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्