images
images
images

जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द हुने

images

काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर रेल सेवा तीन दिनका लागि बन्द गर्ने जनाएको छ ।

कम्पनीले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म जयनगर–जनकपुर खण्डमा सञ्चालन हुँदै आएको यात्रुवाहक रेल सेवा पूर्णबरूपमा बन्द रहनेछ ।

निर्वाचनलाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षाको दृष्टिकोणले उक्त निर्णय गरिएको जनाइएको छ । साथै, सो अवधिमा सीमा नाकासमेत बन्द गरिने उल्लेख गरिएको छ ।

रेल सेवा फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित समयमै पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्