images
images
images

आज पोप्सीकोला, बत्तीसपुतलीलगायत क्षेत्रमा विद्युत् कटौती हुने

images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । आज प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार काठमाडौंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने जानकारी दिएको हो ।

प्राधिकरणले पोप्सीकोला टाउन प्लानिङमा दिउँसो ११ बजेदेखि १:३० बजेसम्म विद्युत् कटौती गर्ने जनाएको छ । पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ ।

यस्तै, मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा भने २ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्