images
images
images

नेपालको कुखुरापालन व्यवसायमा बजार र पुँजीको अभाव मुख्य चुनौती

images

काठमाडौं । नेपालको कृषि क्षेत्रको मेरुदण्ड मानिने कुखुरापालन व्यवसायमा अहिले बजार र लगानीको अभाव सबैभन्दा ठूलो अवरोधका रूपमा देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सावर्जनिक गरेको एक सर्वेक्षण अनुसार प्रदेशगत तथ्याङ्क अनुसार, झण्डै आधा व्यवसायीहरूले उत्पादित वस्तुको उचित बजार नपाएको गुनासो गरेका छन् ।

सर्वेक्षणका अनुसार नेपालभरका ४५ प्रतिशत कुखुरापालक किसानले बजारको अभावलाई प्रमुख समस्या मानेका छन् । प्रदेशगत रूपमा हेर्दा लुम्बिनीमा ५६.५ प्रतिशत, कोशीमा ५४.६ प्रतिशत र बागमती प्रदेशमा ५१ प्रतिशत किसानहरूले बजार नपाएको समस्या झेल्नुपरेको छ ।

यी प्रदेशहरू उत्पादनका हिसाबले अगाडि भए पनि उचित वितरण प्रणाली र बजार पहुँचमा भने पछाडि देखिएका छन् । बजारपछि कुखुरापालन क्षेत्रको दोस्रो ठूलो समस्या पुँजीको अभाव २०.५ प्रतिशत देखिएको छ ।

विशेषगरी मधेश प्रदेशमा ३५.३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३२.४ प्रतिशत किसानहरूले व्यवसाय विस्तार र सञ्चालनका लागि आवश्यक लगानी जुटाउन कठिन भइरहेको बताएका छन् । विभिन्न प्रदेशमा समस्याका प्रकृतिहरू फरक–फरक पाइएका छन् ।

कर्णाली प्रदेशमा यहाँ ३१.१ प्रतिशत किसानले चल्लाको गुणस्तरमा कमी भएको गुनासो गरेका छन भने १०.६ प्रतिशतले प्राविधिक सेवाको अभाव झेलिरहेका छन् । व्यवस्थापनमा पनि यहाँ २९.५ प्रतिशत समस्या देखिएको छ ।

गण्डकी प्रदेशमा व्यवस्थापनमा समस्या १४.६ प्रतिशत र कामदारको अभाव ५.० प्रतिशत मुख्य चुनौतीका रूपमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा कामदारको अभाव ७.३ प्रतिशत अन्य प्रदेशको तुलनामा बढी देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्