images
images
images

शहरी विकासका इन्जिनियर र कर्मचारी घुस रकमसहित अख्तियारको फन्दामा

images

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा र भोजपुर जिल्लामा भवन निर्माणसँग सम्बन्धित घुसकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियारका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले भोजपुरस्थित विद्यालयको भवन निर्माण अन्तिम बिल भुक्तानी प्रक्रियामा बाधा पु-याउँदै सेवाग्राहीसँग ८५,००० रुपैयाँ घुसररिसवत लिएका थिए ।

आयोगको टोलीले सुमन राईलाई ललितपुरबाट र कार्की तथा श्रेष्ठलाई इटहरी, धनकुटा र भोजपुरबाट आवश्यक कागजात र मोबाइलसहित नियन्त्रणमा लिएको छ । अहिले उनीहरूमाथि थप अनुसन्धान जारी रहेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्