रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का विभिन्न बस्तीमा केन्द्रीय विद्युत्
लाइन विस्तार गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुमपश्चिमले आठबिसकोट नगरपालिका–११ मा नयाँ ट्रान्सफर्मर जडान, प्रसारण लाइन विस्तार र विद्युत् लाइन चार्जको काम पूरा गरेको जनाएको छ ।
रुकुमपश्चिम वितरण केन्द्रका प्राविधिक प्रमुख पारस सुवेदीका अनुसार नगरपालिकाको वडा नम्बर ११ को चिसापानीदेखि डाँडागाउँसम्म ११ के भिएको प्रशारण लाइन जडान गरिएको
छ । यो सबै नयाँ प्रशारण लाइन हो ।
यसअघि यस क्षे त्रमा विद्युत् सुविधा थिएन । त्यसै गरी सोही वडाको डाँडागाउँ र फारुला बस्तीमा नयाँ ट्रान्सफर्मर पनि जडान गरिएको छ ।
प्राविधिक प्रमुख सुवेदीका अनुसार डाँडागाउँमा ५० केभिए र फारुलामा १५ केभिए क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको हो । यसका साथै फारुला र डाँडागाउँमा वितरण लाइनसमेत जडान गरिएको छ । नयाँ ट्रान्सफर्मर चार्ज गरिएपछि लाइनसमेत जडान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्