फाइल तस्बिर
हुुम्ला । नाम्खा गाउँपालिका– ५ को यारीको दह क्षेत्रमा रहेको सार्वजनिक जग्गामा नयाँ घर निर्माण गर्ने क्रम बढेको छ ।
कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडक खण्डले दह क्षत्र जोडिएपछि यारीवासीहरू पुरानो गाउँ छोडेर सार्वजनिक जग्गा रहेको दहमा नयाँ घरहरू धमाधम निर्माण गरेका हुन् ।
पहिले दह क्षेत्रमा सडक नजोडिँदा चार जनाको मात्र उवा र नाफल छर्ने जग्गा भएको बताउँदै यारी गाउँका स्थानीय नाम्ग्याल लामाले हाल त सो क्षेत्रमा सडक जोडिएपछि यारी गाउँका अधिकांश स्थानीय दहको सार्वजनिक जग्गामा घर निर्माण गरेर बस्न थालेको बताउनुभयो ।
यसरी सार्वजनिक जग्गामा घर बनाउने क्रम बर्सेनि बढ्दै गएको उहाँको भनाइ छ । सिमकोट–हिल्सा सडकको सुरुमा दह क्षेत्रमा ट्र्याक खोलिएपछि जग्गा भएका चारमध्ये दुई जनाले एक तले माटोले छापेको घर निर्माण गरेर होटेल सञ्चालन गरेपछि अन्यले सार्वजनिक जग्गामा धमाधम घर बनाउन थालेका छन् ।
हाल जस्तापाता छापेका र होटेल सञ्चालन गर्ने उद्देश्यका साथ सुविधा भएका घर निर्माण गरेर स्थानीय बस्दै आएका छन् । राम्रा जस्तापाता छापेका घर निर्माण गरिएका भए पनि लालपुर्जा भने कसैसँग छैन । उहाँका अनुसार सार्वजनिक जग्गामा घर निर्माण गर्नेले जग्गा पनि धेरै ओगटेका छन् ।
सो क्षेत्रमा यारी प्रहरी चौकीसमेत स्थापना गरिएको छ । प्रहरी चौकी बसेको घर भने घरधनीसँग
लालपुर्जा रहेको छ । सो प्रहरी चौकीका अनुसार हाल ६५ वटा घर निर्माण गरेर स्थानीय बसोबास गर्दै
आएका छन् ।
यारीका दुई वटा गाउँहरू पारि र वारि रहेकोमा वारि यारीको पुरानो गाउँ सबै खाली भएको छ । सो बस्ती सबै दहमा सरेको हो ।
प्रहरी, जनप्रतिनिधि र अन्य कसैले पनि सार्वजनिक जग्गामा घर निर्माण गर्न हुन्न न भनेकाले पनि झन् घरहरू धमाधम निर्माण भइरहेको स्थानीय गोरा भण्डारीले बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्