images
images
images

गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

images

सप्तरी । खडक नगरपालिका वडा नं. ६ स्थित गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजनाको निर्माण कार्य लामो समयदेखि अलपत्र पारेको भन्दै सप्तरीको खडक नगरपालिकाले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण व्यवसायीसँग सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । नगरपालिकाका अनुसार उक्त आयोजनाका लागि डाक्नेश्वरी–९, सप्तरीस्थित रविना ओम गणेशाय जेभीसँग ठेक्का सम्झौता गरिएको थियो ।

तर दोस्रो पटकसम्म म्याद थप गरिँदा पनि कम्पनीले निर्माण कार्य पूरा नगरेको, पेश्की रकम लिएर समेत अपेक्षित प्रगति नगरेको तथा लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको आरोप नगरपालिकाले लगाएको छ ।

निर्माण कार्य समयमै सम्पन्न गर्न नगरपालिकाले पटक पटक पत्राचार र ताकेता गरे पनि कम्पनीले कामलाई निरन्तरता नदिएको जनाएको छ। निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिन अब आठ दिन मात्र बाँकी रहेकाले पनि नगरपालिकाले थप कडाइ गरेको हो।

साथै, निर्माण व्यवसायीले नियमानुसार म्याद थपका लागि कुनै निवेदनसमेत नदिएको सूचनामा उल्लेख गरिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम ठेक्का सम्झौता किन अन्त्य नगर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस किन नगर्ने भन्ने विषयमा विश्वसनीय आधारसहितको स्पष्टीकरण सात दिनभित्र पेश गर्न नगरपालिकाले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्