काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ । मेक्सिको सिटी रंगशालामा भएको समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको हो ।
खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरेका थिए । खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गरेका थिए ।
खेलमा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको दोस्रो हाफको सुरुवातमै दक्षिण अफ्रिकाका मिडफिल्डर स्पेफेलो याया सिथोलेले मेक्सिकोका ब्रायन गुटियरेजलाई गोल गर्ने क्रममा लडाएपछि रातो कार्ड पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्