images
images
images

दक्षिण–पश्चिम चीनमा पहिरो जाँदा कम्तीमा आठ जनाको मृत्यु, ३४ बेपत्ता

images

एजेन्सी । दक्षिण–पश्चिम चीनमा गएको पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको र अन्य ३४ जना वेपत्ता भएका छन् ।

चोङकिङ नगरपालिकामा रहेको वुजियाङ नदीको किनारमा शुक्रबार भारी वर्षापछि पहिरो गएको पहिरोमा परी आठ जनाको मृत्यु भएको र ३४ जना अझै बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका हुन् ।

शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा पहिरोपछि १० जनालाई सकुशल उद्धार गरिएको वेपत्ता अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ ।

उद्धार कार्य जारी रहँदा राष्ट्रपति सी जिनपिङले पहिरोमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित आफन्तहरूलाई विपत्को समयमा धैर्य बन्न आह्वान गरेका छन् । उनले अधिकारीहरूलाई खोजी तथा उद्धारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् ।

पहिरो स्थानीय समयअनुसार शुक्रबार बिहान करिब ९ः१० बजे पेङशुइ काउन्टीको चोङकिङमा गएको थियो । अधिकारीहरूका अनुसार ८०० भन्दा बढी स्थानीय तथा तालिमप्राप्त उद्धारकर्मीहरूलाई घटनास्थलमा खटाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्