images
images
images

हरित बैकिङ् पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी

images

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इन्निसियटिभ्ससंग रणनितीक परियोजनाका लागि सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

पर्यावरण तथा हरित बैकिङ्ग प्रवर्द्धनमा केन्द्रित यो सम्झौतामा समुदायलाई बैंकको लागि योग्य बनाउने र बैंकलाई पनि लक्षित समुदाय अनुरूप क्षमता अभिवृद्धि गर्दै विभिन्न आयमहरुमा सहकार्य गर्ने फराकिलो कार्य दायरा स्थापना गरेको छ ।

‘अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ,’ बैंकको दिगो बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले भने । ‘यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्