काठमाडौं । खेल्ने, रमाउने र आमाबुबाको काखमा निश्चिन्त हुर्किनुपर्ने उमेरमा अछामका दुई वर्षीय बालक जिनेश दमाई अहिले जीवन र मृत्युको संघर्षमा छन्। गम्भीर जन्मजात मुटुरोग कम्प्लेक्स साइनोटिक कन्जेनिटल हार्ट डिजिज (Complex Cyanotic Congenital Heart Disease–CHD) बाट पीडित जिनेश भारतस्थित मुम्बइको ठानेमा रहेको एमआरआर चिल्ड्रेन हस्पिटलमा उपचार भइरहेको छ, ।
नेपालको सुदूरपश्चिम पहाडबाट रोजगारीको सिलसिलमा भारत पुगेको परिवारलाई बालकको प्रतिकुल स्वास्थ्य अवस्थाले थप पिडा दिइरहेको छ । बालक जिनेशको जीवन बचाउन शल्यक्रिया र औषधोपचारको लागि महंगो उपचार खर्च जुटाउन परिवारलाई सकस परेको मात्र परेको छैन भावनात्मक रुपमा समेत दुधे बालकको यो अवस्थाले विक्षिप्त तुल्याएको परिवार बताउँछ ।
मुम्बइस्थित चिकित्सकहरूले सुझाएको उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा उनका परिवार यतिबेला सार्वजनिक रुपमा सहयोगको अपिल गरेको छ । परिवारका अनुसार उनको मुटुको जटिल उपचारका लागि ५ लाख भन्दा बढी भारतीय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण उपचारको खर्च जुटाउन नसकेपछि परिवारले सबै व्यक्ति, संघसंस्था, सामाजिक अभियन्ता, व्यवसायी तथा देश–विदेशमा रहेका नेपाली समुदायसँग आर्थिक सहयोगको अपिल गरेको बालकका आफन्त महेश परियार बताउँछन् ।
परिवारका सदस्यहरूका अनुसार चिकित्सकहरूले सकेसम्म छिटो शल्यक्रिया गर्न सुझाव दिएका छन्। तर आर्थिक अभावका कारण उपचार प्रक्रिया नै प्रभावित हुने चिन्ताले परिवारलाई थप पीडित बनाएको छ। बालक जिनेशको जीवन बचाउने आशा अहिले दयालु मन भएका सहयोगी हातहरूमाथि टिकेको परिवारको भनाइ छ।
जन्मजात मुटुरोगले पीडित बालबालिकाको उपचार समयमै हुन सकेमा उनले सामान्य जीवन बिताउने सम्भावना रहने चिकित्सकहरू बताउँछन्। तर उपचारमा ढिलाइ हुँदा ज्यानै जोखिममा पर्न सक्ने भएकाले जिनेशको परिवारले समयमै आवश्यक आर्थिक सहयोग जुटाइदिन सबैमा अनुरोध गरेको छ। सहयोग गर्न इच्छुक व्यक्तिहरूले नेपाल र भारतमा रहेका बालकका आफन्तको बैंक खातामा आर्थिक सहयोग जम्मा गर्न सकिने परिवारले जानकारी दिएको छ ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूले भारतबाट UPI ID: 9920270922@axisb वा मोबाइल नम्बर ९९२०२७०९२२ मार्फत सहयोग गर्न सक्नेछन्। त्यस्तै Bank of Baroda को खाता नम्बर 29040100013889 (IFSC: BARB0BANEAS, BKC Branch) मा पनि रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ।
नेपालबाट सहयोग गर्न चाहनेहरूले Manoj Nepali को नाममा रहेको NIC Asia Bank को खाता नम्बर 1615753386404001 मा रकम जम्मा गर्न सक्नेछन्।
जीवनको अर्थ रकमले होइन, मानवताको हातले निर्धारण गर्छ भन्ने विश्वासका साथ जिनेशको परिवारले सबैलाई सहयोगका लागि हार्दिक अपिल गरेको छ। एउटा निर्दोष बालकको मुस्कान बचाउन तपाईंको सानो सहयोग पनि अमूल्य बन्न सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्