images
images
images

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

images

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अंकले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अंकले घटेर ४७२.४२ अंकमा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.१९ अंकले बढेर १८६.६२ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने स्थिर रहँदै १६०.०२ मा रहेको छ । आज विभिन्न कम्पनीका एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर रु छ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ मूल्यमा खरिद बिक्री भएका छन् ।

विभिन्न १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेको छ । आज १०३ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी, १३ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

नेप्सेका अनुसार एभरेष्ट कलर लिमिटेड, कलङ्गा हाइड्रोपावर, बोटलर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीको मूल्य बढेको छ भने नबिल बैंक डिबेञ्चर, एनआइबिएल ग्रोथ फन्ड र कर्पोरेट डेभलमपेन्ट बैंकको शेयर मूल्य घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्