images
images
images

कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन

images
काठमाडौं । भारत सरकारको सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ । उक्त भवनको आज नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रुपमा शिलान्यास गरे ।
दूतावासले सञ्चालन गरेको उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण हुने उक्त भवन कञ्चनपुरको भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुनेछ ।
परियोजनामार्फत कञ्चनपुरमा सञ्चालन भइरहेको यो ११औं उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । भवन निर्माणमा रु एक करोड नौ लाख खर्च हुनेछ ।
भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले भारत सरकारद्वारा प्रदान गर्दै आएको सहयोगको प्रशंसा गरे । उनले नयाँ पूर्वाधारले भीमदत्त नगरपालिकाका विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्