images
images
images
images

पशुपतिनाथको जोतिर्लिङ्गमा गंगोत्री धामको पवित्र गङ्गाजल अर्पण

images

काठमाडौं। भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लमा रहेको पवित्र गंगोत्री धामबाट ल्याइएको गङ्गाजल पशुपतिनाथ भगवानलाई अर्पण गरिएको छ । एक विशेष धार्मिक समारोहबीच पशुपतिनाथको जोतिर्लिङ्गमा गंगोत्री धामबाट ल्याइएको गङ्गाजल अर्पण गरिएको हो ।

तत्कालीन बडाकाजी अमरसिंह थापाको पालादेखि प्रत्येक वर्ष तिहारपछि गंगोत्री धामबाट गङ्गाजल ल्याई पशुपतिनाथलाई अर्पण गर्ने धार्मिक परम्परा रहँदै आएको छ । बीचमा केहि समय यो पम्परा रोकिएकोमा गंगोत्री धामका मुख्य पुजारी शिव प्रकाश महाराजको पहलमा पुनः सुरु भएको हो । बीचमा रोकिए पनि यो धार्मिक परम्परा २६औँ वर्षमा प्रवेश गरेको छ ।

images

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो कार्यक्रममा भगवान् पशुपतिनाथको दर्शन तथा पूजाआराधनामा सरिक हुन आएका सम्पूर्ण श्रद्धालु भक्तजन समेतलाई सरिक गराइएको थियो ।

यो परम्पराको निरन्तरताले सनातनप्रतिको आस्था, धार्मिक परम्पराको संरक्षण र नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास आयोजकले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्