images
images
images

यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता रेवन्ना पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं।

सयौं महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन् ।

जर्मनीबाट फर्किएर भारत आउदै गरेका रेवन्नालाई बैंगलोर विमानस्थलमा विशेष अनुसन्धान टोली ९एसआईटी० ले पक्राउ गरेको हो । उनलाई आज अदालतमा पेश गरिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रज्जवल रेवन्ना सेक्स भिडियो काण्डका मुख्य अभियुक्त हुन् । एसआईटीले प्रज्ज्वललाई विमानमा चढ्ने क्रममा निगरानी गर्न एयरलाइन्स र अधिकारीहरूसँग पहिले नै समन्वय गरिसकेको थियो ।

यौन उत्पीडनको आरोपमा परेका प्रज्वलले यसअघि नै भिडियो सन्देश जारी गर्दै मे ३१ मा भारत फर्कने घोषणा गरेका थिए । त्यसपछि एसआईटी बैंगलोर अन्तर्राष्ट्रिय विमानस्थलमा रेवन्नालाई पक्राउ गर्न तयार थियो। हालै इन्टरपोलले रेभान्नाविरुद्ध ब्लु कर्नर नोटिस जारी गरेको थियो ।

यसअघि बिहीबार कैयौं महिलामाथि यौन शोषणको आरोप लागेका जनता दल ९धर्मनिरपेक्ष० का निलम्बित नेता प्रज्ज्वल रेवन्नाविरुद्ध सयौंले प्रदर्शन गर्दै पीडितलाई न्यायको माग गरेका थिए । कार्यक्रममा प्रदेशभरका महिला, मजदुर, किसान र दलितको सहभागिता थियो ।

हसन लस सीटबाट लोकसभामा एनडीए उम्मेदवार समेत रहेका रेवन्ना आरोप लगत्तै विदेश फरार भएका थिए । उनीविरुद्ध हालसम्म दुईवटा यौन शोषणको मुद्दा दर्ता भइसकेको छ । यसैबीच रेवन्नाका वकिलले बलात्कार मुद्दामा विशेष अदालतमा अग्रिम धरौटीका लागि निवेदन दिएका थिए, जुन खारेज भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्