images
images
images

खेल पूर्वाधारको नीरीक्षणका लाग खेलकुद मन्त्रीसहितको टोली प्रदेश राजधानीमा

images

पूर्वाधार वाच, सर्खेत ।

कर्णाली प्रदेशमा आउने मंसिर महिनामा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र पूर्वाधारको निरीक्षण गर्न युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसहितको टोली प्रदेश राजधानी आइपुगेको छ।

मन्त्री श्रेष्ठको टोलीले सोमबार निर्माण हुँदै गरेको कर्णाली प्रदेश रंगशालाका साथै क्रिकेट मैदानलगायत भौतिक पूर्वाधार र खेलकुदका लागि आवश्यक पर्ने अन्य तयारीका बारेमा सरोकारवालासँग छलफल गरेको छ।

मन्त्री श्रेष्ठले खेल पूर्वाधारसँगै दशौं राष्ट्रिय प्रतियोगिताका लागि आउने पाहुनाहरुको बसाइ व्यवस्थापनका विषयमा होटल व्यवसायी र निजी क्षेत्रसँग पनि छलफल गरेका थिए। उनले प्रतियोगिताका लागि आउने झन्डै १० हजार बढी पाहुनाका लागि आवास समस्या देखिएको बताए।

उनले प्रदेश राजधानीमा बन्दै गरेको रंगशालाले खेलकुदका गतिविधि गर्न सहज भए पनि अन्य क्षेत्रमा प्रदेश सरकार, निजी क्षेत्र र सरोकारवालाले ध्यान पुर्‍याउन आवश्यक रहेको बताए।

उनले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्न कि भनेर आशंका नगर्न पनि अपिल गरे। ‘कर्णालीले दशौं राष्ट्रिय खेलकुदलाई महा उत्सव मनाउन तयारी गरिरहेको छ। संघीय सरकारले पनि बजेटको व्यवस्था गरिसकेको छ’, उनले भने, ‘तपाईंहरु तयारीमा लाग्नुहोस्, दशौं राष्ट्रिय प्रतियोगिता कर्णालीमै तोकिएकै समयमा हुन्छ।’

उनले कर्णालीमा खेलकुदका आवश्यक भौतिक संरचना निर्माणका लागि बजेट छुट्याउन नसकिएको बताए। उनले खेलकुद आयोजनाका लागि भने ६० करोड विनियोजन गरिएको बताए। प्रतियोगिताका लागि थप बजेट माग गरिएको पनि उनले बताए। उनले प्रदेशले खेल पूर्वाधार निर्माणमा बजेट छुट्याइने विश्वास व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्