पूर्वाधार वाच, काठमाडौं ।
मनकामना स्मार्ट लघुवित्तको ‘लक इन’ अवधि असार २७ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर अब असार २८ गतेबाट कारोबारका लागि योग्य हुनेछ । मनकामनाको २०७८ साल असार २८ गते सेयर बाँडफाँट भएको थियो ।
हाल महिलाको १० लाख ८ हजार ३५.४३ कित्ता संस्थापक सेयर र ७ हजार ४२४.५३ कित्ता कर्मचारीहरुको सेयर ‘लक इन’ रहेको छ । यसको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल रहेको छ ।
यता, कम्पनीको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिद बिक्री गर्न नपाउन कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्