पूर्वाधार वाच, काठमाडौं ।
नरेन्द्र मोदी नेतृत्वको भारत सरकारको मन्त्रिपरिषद्मा मनाेहरलाल खट्टर भारतको उर्जा तथा शहरी विकास मन्त्री नियुक्त भएका छन् ।
सोमबार तेस्रो कार्यकालका प्रधानमन्त्री मोदीसँगै उनले पनि शपथ लिएका थिए । विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका खट्टरले आज अबेर मात्र उर्जा तथा शहरी विकास मन्त्रीको कार्यभार सम्हाल्नेछन् । प्रधानमन्त्री मोदीको अघिल्लो कार्यकालमा हरदीप सिंह पुरी शहरी विकास मन्त्री थिए ।
भारतीय समाचार च्यानल जी न्यूजका अनुसार नितिन गड्करी यातायात रोड ट्रान्सपोर्ट एण्ड हाइवे मन्त्री नियुक्त भएका छन् । यस्तै अजय टम्टा यातायात राज्यमन्त्री नियुक्त भएका छन् । भने रेल मन्त्रालयमा अश्विनी वैष्णव नै फेरि दोहोरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्