पूर्वाधार वाच, काठमाडौं ।
सङ्घीय संसद्मा जलस्रोतको उपयोग र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी दुई छुट्टाछुट्टै विधेयक दर्ता भएको छ । दुवै विधेयक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दर्ता गरेको हो ।
सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०५१ र प्रतिनिधि सभामा जलस्रोत विधेयक, २०५१ बिहीबार दर्ता भई सुझावका लागि आह्वान गरिएको छ ।
मन्त्रीपरिषद्को गत जेठ २७ गतेको बैठकले दुवै विधेयक दर्ताका लागि स्वीकृति प्रदान गरेको थियो ।
जलस्रोत आयोजनाको विकास र सञ्चालन तथा सङ्घ, प्रदेश र स्थानीय तहबिच जलस्रोतको उपयोगका लागि अधिकारको स्पष्ट बाँडफाँट, जलस्रोतको बहुउद्देश्यीय उपयोगको अभिवृद्धि, भूमिगत जलस्रोतको जल सतहको अनुगमन, पुनर्भरण तथा नियमन गर्ने व्यवस्था जलस्रोत विधेयक, २०५१ मा गरिएको छ ।
नवीकरणीय ऊर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक, २०५१ ऐनका रूपमा आएपछि नेपालमा नवीकरणीय ऊर्जाको विकास तथा वितरणको सहज वातावरण बन्ने ऊर्जा दक्ष प्रविधि र उपकरण प्रयोगमा ल्याउन सकिने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्