पूर्वाधार वाच, तम्घास ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर- ७ उनायचौरमा बनेको विद्युत सबस्टेसनको निर्माणको काम सकेर अहिले ट्रान्सफर्मर चार्ज गर्ने काम भइरहेको छ ।
तम्घासको उनायचौर सबस्टेसनको निर्माण कार्य सम्पन्न भएको र अहिले परीक्षणका क्रममा रहेको बुर्तिबाङ, पौदीअमराइ तम्घास सन्धिखर्क, गोरुसिङ्गे १३२ केभी प्रशारण लाइन आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए।
अहिले परीक्षणका क्रममा रहेको र परीक्षण सफल भएपश्चात् वितरणको प्रक्रिया अगाडि बढाउने गरी तयारी गरेको चौधरीको भनाइ छ । लामो दुरीबाट आउने लाइनमा विभिन्न समस्या आउँदा लामो समयसम्म विद्युत् नहुने समस्याबाट अब मुक्त हुने र भोल्टेजको समेत समस्या नहुने उनको दाबी छ।
लामो समयदेखि विद्युत्को समस्या झेल्दै आएका गुल्मेली समस्याबाट मुक्त हुने भएका छन्। हावा चल्दा पनि विद्युत्को समस्या झेल्दै आएका गुल्मेलीले तम्घासको उनायचौरमा बनेको १३२ केभिए सबस्टेसनको निर्माण सम्पन्न भएकाले उक्त समस्याबाट मुक्त हुने भएका छन् ।
लामो दुरी बुटवलबाट ३३ केभिएमार्फत आएको लाइनबाट प्रसारण हुँदा सामान्य समस्या आउँदा पनि विद्युत् जाने र लामो समयसम्म आउन नसक्ने हुँदा गुल्मेलीले समस्या झेल्दै आएका थिए ।
आयोजनाको कुल लागत चार अर्ब ५६ करोड रहेको र तम्घाससगै तीन वटा स्टेसनको कार्य सम्पन्न भएको चौधरीले बताए । बाँकी दुई वटा सबस्टेसनको निर्माण कार्य पनि सम्पन्न भएको बताउँदै रुख कटान कार्यमा समस्या आएकाले चार्ज गर्न नसकिएको चौधरीले बताए।
रुख कटानको अनुमति पाएमा छिट्टै पौदीअमराई र बुर्तिबाङको सबस्टेसनको पनि परीक्षण गर्न सकिने गरी तयारीमा रहेको उनले बताए । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले सबस्टेसन बनेसँगै गुल्मीलगायत छिमेकी जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिने र विद्युत्बाट झेल्दै आएका समस्याबाट मुक्त हुने बताए ।
हावा चल्दा पनि विद्युत् जाने समस्याका कारण विद्युतीय ‘इभी’ गाडी चार्जिङमा समेत समस्या आउने गरेको मैत्री यातायात प्रालिका कार्यालय प्रमुख हरि मरासिनीले बताए । विद्युत् नहुँदा गाडी चार्जिङ नभएर नम्बर नै रद्द गर्नुपर्ने अवस्था धेरै पटक आएको उनको भनाइ छ ।
मैत्री यातायातले गुल्मीमै पहिलो पटक तम्घासदेखि बुटवलसम्मका लागि १० वटा इभी गाडी सञ्चालनमा ल्याएको छ। गोरखापत्रबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्