images
images
images

भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित

images

पूर्वाधार वाच, काठमाडौं।

भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् । एनडीए गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका बिरलालाइ ध्वनि मतबाट सभामुख चुनिएको हो ।

बिरला दोस्रो पटक सभामुख बनेका छन् । यस अघिको लोकसभाको कार्यकालमा पनि उनी नै सभामुख बनेका थिए ।

सभामुखको चयनमा सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमतिको प्रयास गरिएको भए पनि त्यो असफल भएको थियो । सहमति नबनेपछि विपक्षी दलले के सुरेशलाई सभामुखको उम्मेदवार बनाएको थियो ।

बिरला सभामुख पदका लागि निर्वाचित भएपछि उनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धीले बधाई दिएका छन् ।

भारतको लोकसभामा ५४३ सिटमा अहिले एनडीए गठबन्धनको पक्षमा २९३ मतका साथ बहुमतमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्