images
images
images

‘बुढीगण्डकी करिडोर विकास प्राधिकरण’ बनाउन माग, आयोजना तत्काल सुरु गर्नुपर्ने

images

पूर्वाधार वाच, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई डा. भट्टराईसहित पार्टीका नेता र गोरखाका सांसदहरुसहित सिंहदरबार पुगेका थिए ।

भट्टराईले तीन बुँदे मागसहित बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाएका छन् ।

उनको मागको पहिलो नम्बरमा अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै अधिकार सम्पन्न प्राधिकरणमार्फत् समग्र बुढीगण्डकी करिडोर विकासका कामहरू अघि बढाउनुपर्ने र आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने माग पनि उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउनु अघि डा. भट्टराईले गोरखाका नेता, सांसद र स्थानीयसँग पनि यसबारे छलफल गरेका थिए ।

बाबुरामले प्रधानमन्त्री प्रचण्डलाई आगामी भदौ मसान्तसम्म माग पूरा नभए सबै सरोकारवालाहरू एकताबद्ध भएर सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्