पूर्वाधार वाच, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा ल्याएको छ । सडक बत्ती बालेबापत लामो समयसम्म शुल्क नबुझाएपछि प्राधिकरणले यस्तो सुविधा ल्याएको हो ।
विद्युतका बक्यौता महसुल ६० महिनासम्मको किस्ताबन्दी सुविधा दिएको प्राधिकरणले जनाएको छ । त्यसका लागि सूचना जारी भएको ४५ दिनभित्र किस्ताबन्दीका लागि आवेदन दिन पनि आग्रह गरेको छ ।
आइतबार जारी गरिएको सूचनामा किस्ताबन्दी सुविधाका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरेर आवेदन दिन जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्