पूर्वाधार वाच, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिए प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने भएका हुन् ।
सोमबार मध्यराति एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरणमा सहमति भएपछि प्रधानमन्त्री प्रचण्डमाथि राजीनामा दिने कि संसदबाट विश्वासको मत लिने भन्ने विकल्प छ ।
मंगलबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले राजीनामा नदिएर संसदबाट विश्वासको मत लिने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
शिलापत्रसँग कुराकानी गर्दै प्रमुख सचेतक पाण्डेले घटनाक्रम कसरी बढ्छ, त्यसैअनुसार सरकारले निर्णय लिने सहमति भएको बताए । संविधानत: प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने कुनै कारण नभएको पनि पाण्डेले बताए ।
सत्ता साझेदार दल एमालेले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्