पूर्वाधार वाच, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा १ घण्टा छलफल गरेर गृहमन्त्री लामिछाने बाहिरिएका हुन्।
सत्ता समीकरणको सबैभन्दा ठूलो घटक नेकपा एमालेले काँग्रेससँग मिलेर सरकार बनाउने भएपछि प्रधानमन्त्री र गृहमन्त्रीले छलफल गरेका हुन्।
काँग्रेससँग एमाले मिले पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन्।
आज बिहान बसेको पदाधिकारी बैठकले सत्ता समीकरणका अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो। रास्वपाले पनि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सरकार नछाड्ने निर्णय गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्