पूर्वाधार वाच, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन नेपाली कांग्रेसले आग्रह गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।
हिजो नै नेकपा एमालेले पनि सचिवालय बैठकबाट निर्णय गर्दै प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको थियो । प्रधानमन्त्री प्रचण्ड राजीनामा दिने मूडमा छैनन् । उनी संसद् फेस गरेर सरकार छाड्ने मूडमा रहेको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।
कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई पनि अनुमोदन गरेको छ ।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए ।
त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्