images
images
images

रास्वपा महासचिवकाे बिजोग, मुखमा कालोपट्टी बाँधेर बैठकमा

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समिति बैठकमा साङ्केतिक रूपमा विरोध प्रकट गरेका छन् । बुधबार बिहान सुरु भएको केन्द्रीय समिति बैठकमा उनले मुखमा कालो टेप टाँसेर विरोध प्रकट गरेका हुन् ।

महामन्त्री ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै आएका थिए । तर आफ्नो माग सुनुवाइ नभएपछि उनले विरोधस्वरुप मुखमा कालो टेप टाँसेर बैठकमा सहभागिता जनाएका हुन् ।

महामन्त्री ढकालले केही अघि पार्टी नेतृत्वलाई ३२ पृष्ठ लामो प्रतिवेदन बुझाएपछि रास्वपामा आन्तरिक सङ्घर्ष बढ्दै गएको सन्देश प्रवाह भएको थियो । उनको प्रतिवेदनमा पार्टी सङ्कटमा पर्दै गएको उल्लेख छ ।

सोही प्रतिवेदनमाथि छलफल गर्नुका साथै मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमबारे धारणा बनाउन रास्वपाले केन्द्रीय समिति बैठक आयोजना गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्