पूर्वाधार वाच, काठमाडौं ।
ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको घरमा डोजर चलाएको छ । बुधबार आयुक्त अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए।
वडा नम्बर १० चाकुपाटस्थित अमात्यले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएकी थिइन्।
महानगरले आयुक्तको परिवार र गुठीयारसँग छलफल गर्दा पनि जग्गा खाली नगराएपछि डोजर चलाएको जनाएको छ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त गरेकी आमात्य विवादित पात्र हुन् ।
आयुक्तको घरमा डोजर हानेपछि मेयरलाई अख्तियारको पत्र, नागरिकता र फोटोसहित कार्यालयमा आउन उर्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्