images
images
images

आयुक्तको घरमा डोजर हानेपछि मेयरलाई अख्तियारको पत्र, नागरिकता र फोटोसहित कार्यालयमा आउन उर्दी

images

पूर्वाधार वाच, काठमाडौं । 

ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको घरमा डोजर चलाएपछि आयोगले नगरप्रमुख(मेयर) चिरीबाबु महर्जनलाई कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेको छ ।

महानगरस्थित धापाखेल २४ मा बाढी पीडितलाई रु‍. एक लाख पचास हजार र रु‍. दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णय विपरीत नगरप्रमुखले एकलौटी ढङ्गबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको उजुरी परेको भन्दै आयोगले मेयर महर्जनलाई कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेको हो ।

मेयर महर्जनलाई असार २६ गते बिहान १०  बजे सक्कल नागरिकता र एक प्रति पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नं ३ मा उपस्थिति हुन उर्दी जारी गरिएकाे छ ।

बुधबार अख्तियारकी आयुक्त अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए।

वडा नम्बर १० चाकुपाटस्थित अमात्यले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएकी थिइन्। महानगरले आयुक्तको परिवार र गुठियारसँग छलफल गर्दा पनि जग्गा खाली नगराएपछि डोजर चलाएको जनाएको छ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त गरेकी अमात्य विवादित पात्र हुन् ।

आयोगको उर्दीलाई महानगरले आयुक्त अमात्यको घरमा डोजर चलाएपछिको प्रतिक्रियाका रूपमा यतिबेला सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त भइरहेका छन् ।

सरकारी जग्गा मिच्ने अख्तियार आयुक्त अमात्यको घरमा महानगरकाे डोजर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्