images
images
images

नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने

images

पूर्वाधार वाच, काठमाडौं ।

एमाले-कांग्रेस सरकामा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ । आज नाउपाका नेता रेशम चौधारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् ।

नाउपाका संघमा चार सांसद छन् । चौधरीले एमाले-कांग्रेसको सरकार राष्ट्रिय सहमतिको सरकार भएको हुँदा आफ्नो पार्टी सरकारमा सहभागी हुने उनले जानकारी दिए ।

माओवादी नेतृत्वको सरकारमा पनि नाउपाका चार मध्ये तीन सांसदले विश्वासको मत दिएका थिए । सरकारमा सहभागी गराउने विषयमा भने ढिलाइ भएको थियो ।

केही दिन अघि मात्रै नाउपाको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट बहुमत सदस्यले हटाउँदै गङ्गा चौधरीलाई जिम्मेवारी दिएका थिए । नेता चौधरीले अब संसदीय दलको बैठकले यस विषयमा ठोस निर्णय गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्