images
images
images

वर्षाका कारण बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध

images

फाइल तस्बिर

पूर्वाधार वाच, काठमाडौं ।

अविरल वर्षाको कारण सिन्धुली स्थित बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित कमेरेमा लेदो सहितको पहिरो आएर बिपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले जानकारी दिए ।

गोलन्जोर गाउँपालिका–६ स्थित अकरेभिरमा माथिबाट ढुङ्गा सहितको लेदो आएर मध्यपहाडी लोकमार्ग दुई तर्फ अवरुद्ध भएको छ ।

स्थानीय निकायसँग समन्वय गरेर जेसीबी मार्फत पहिरो हटाउने काम भइरहेको डीएसपी खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्