कोलम्बो । एसियाली विकास बैंक (एडीबी)ले श्रीलंकालाई स्वच्छ ऊर्जामा पहुँच विस्तार गर्न र हरितगृह ग्यास उत्सर्जन घटाउन मद्दत गर्न पाँच करोड ७४ लाख वरावरको वित्तीय सहयोग स्वीकृत गरेको छ ।
यस वित्तपोषण परियोजनाले सोलर एकत्रीकरण र ‘भर्चुअल नेट मीटरिंग’लाई सहयोग गर्दै योग्य उपभोक्ताहरूलाई आफ्नै भवनहरूमा प्यानलहरू स्थापना नगरी सौर्य ऊर्जाबाट फाइदा लिन अनुमति दिने जनाइएको छ ।
प्याकेजमा तीन करोड ५० लाख डलरको ऋण, युरोपियन युनियनबाट एक करोड ६९ लाख डलर अनुदान र संयुक्त क्रेडिट संयन्त्रका लागि जापान कोषबाट ५५ लाख डलर अनुदान समावेश छ । कार्यान्वयन एजेन्सीहरूबाट काउन्टरपार्ट कोषले कुल अनुमानित परियोजना लागत आठ करोड पाँच लाख डलरमा ल्याउने एडीबीले जनाएको छ ।
एडीबीले सोलर र भर्चुअल नेट मिटर परियोजनाले दुई सरकारी स्वामित्वमा रहेका पावर युटिलिटीहरूलाई ‘युटिलिटी–लेड मोडेल’ स्थापना गर्न मद्दत गर्ने जनाएको छ । यस मोडेलले सौर्य प्रणालीबाट उत्पन्न बिजुलीलाई जम्मा गरी योग्य उपभोक्ताहरूलाई वितरण गर्ने जनाइएको छ ।
श्रीलंकाका लागि एडीबीका कन्ट्री डाइरेक्टर श्यानन काउलिनले यस परियोजनाले किफायती नवीकरणीय ऊर्जामा पहुँच विस्तार गर्ने, ग्रिड तयारीलाई बलियो बनाउने र समावेशी ऊर्जा क्षेत्रलाई सहयोग गर्ने बताउनु भएको छ ।
यस परियोजनाले सूक्ष्म, साना र मध्यम आकारका उद्यमहरू र सामुदायिक संस्थाहरूलाई आर्थिक वा ठाउँको बाधाका कारण सौर्य प्रणाली स्थापना गर्न नसक्नेहरूलाई सामाजिक क्षतिपूर्ति संयन्त्र अन्तर्गत बिजुली लागत घटाउन मद्दत गर्नेछ ।
परियोजनाले लगभग २५ मेगावाटको सौर्य शक्ती स्थापनाहरूलाई सहयोग गर्ने दुई उपयोगिताहरूको वितरण नेटवर्कलाई आधुनिकीकरण र डिजिटलाइज गर्न र वितरित नवीकरणीय ऊर्जाको अधिक प्रयोगका लागि ग्रिडलाई बलियो बनाउन पनि मद्दत गर्ने जनाइएको छ ।
यस परियोजनाले हरित कौशल विकासका लागि प्रशिक्षण सुविधा स्थापना गर्ने, स्वच्छ ऊर्जा क्षेत्रमा महिलाको सहभागिता सुदृढ गर्ने र उन्नत कम कार्बन प्रविधिमा क्षमता निर्माण गर्ने एडीबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)










प्रतिक्रिया दिनुहोस्